हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमायाे

फाइल तस्बिर

हलिउड चलचित्र ‘जोकर’ले विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गरेको छ। साथै, १ विलियन डलर कमाउने यो छैटौ चलचित्र समेत बनेको छ।

‘एभेन्जर्स इन्डगेम’पछि यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र समेत ‘जोकर’ बनेको छ।

यो चलचित्रले घरेलु बजारमा ३४० मिलियन डलर र ओभरसिजमा ८२० मिलियन डलर कमाई गरिसकेको छ।

यो चलचित्रको हालै मात्र भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन समेत गरिएको थियो। जहाँ, यो चलचित्रलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ समेत मिलेको थियो।

यो चलचित्रमा जोकिन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाहा गरेका छन्। उनको यो भूमिकाको समेत सर्वत्र प्रशंसा भैरहेको छ। तीनपटक अस्कर अवार्डमा मनोनित भएका उनको यो फिल्म अमेरिकामा भने विवादित छ । 

प्रकाशित मिति: : 2019-11-17 13:55:36

प्रतिकृया दिनुहोस्