भारतको सहज जित, तीन दिनमै सकियो बंगलादेशविरुद्धकाे टेस्ट

तस्बिरः एजेन्सी

भारतले बंगलादेशलाई पहिलो टेस्टमा इनिंग र १३० रनले पराजित गरेको छ। दुई खेलको सिरिजको पहिलो खेलको तेस्रो दिन भारतले बंगलादेशलाई पराजित गरेको हो।

बंगलादेशले पहिलो इनिंगमा १५० रन बनाएको थियो भने भारतले ६ विकेट गुमाएर ४९३ रन बनाएर इनिंग घोषणा गरेको थियो।

त्यस्तै बंगलादेशले आफ्नो दोस्रो इनिंगमा २१३ रन बनाएर अल आउट भएको थियो।

दोस्रो इनिंगमा बंगलादेशलाई अल आउट गर्ने क्रममा मोहमद सामीले ४ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका थिए । त्यस्तै उमेश यादवले २ र इशान्त शर्माले एक विकेट लिएका थिए।

सिरिजको दोस्रो खेल २२ नोभेम्बरमा कोलकोतामा हुने छ।

प्रकाशित मिति: : 2019-11-17 08:17:37

प्रतिकृया दिनुहोस्