फिनल्याण्ड पहिलो पटक युरोकपमा छनोट

तस्बिरः एजेन्सी

फिनल्याण्ड पहिलो पटक युरोकपमा छनोट भएको छ।

शुक्रबार राति भएको खेलमा फिनल्याण्डले लिचेस्टाईनलाई ३–० ले हराएको हो।

जसु तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

६४ औ मिनेटमा तिमु पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाए।

पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए।

समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्यो।

उसले एक खेल बाँकी रहदाँ तेस्रो स्थानको ग्रिससंग ७ अंकको अग्रता लियो।

शीर्ष स्थानको ईटालीले ९ खेलबाट २७ अंक छ।

लिचेस्टाईन २ अंक सहित तालिकाको पुछारमा रह्यो ।

 

प्रकाशित मिति: : 2019-11-16 07:35:24

प्रतिकृया दिनुहोस्