तीर्थ वली अन्तर्राष्ट्रिय संयोजक नियुक्त

फाइल तस्बिर

धावक तीर्थ वलीलाई नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिएको छ। नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन्। उनी अहिले जर्मनीमा बस्दै आएका छन् ।

सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५ ०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।

सरकार र तत्कालिन माओवादी विद्रोहीका बीचमा मंसीर ५ गते भएको बृहत शान्ति सम्झौताको सम्झनामा क्रियटिभ ह्याण्डस्, नेपालगञ्जले नेपालगञ्ज म्याराथन गर्दै आएको छ ।

यसपाली मंसीर ७ गते शनिबार गर्ने म्याराथनको वलीलाई अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2019-11-15 21:19:37

प्रतिकृया दिनुहोस्