यौन हिंसाको आरोपमा अनु मलिकले लेखे, 'म अदालतको ढोका ढक्ढकाउन जान्छु'

भारतीय गायक एवं संगीतकार अनु मलिकले यौन हिंसाको आरोपमा आफ्नो मुख खोलेका छन्।

उनले सोसल मिडियामा एउटा लामो नोट लेखेर आफूमाथि लागेको ‘मीटू’ को आरोपलाई आधारहीन बताएका छन्। केहि दिन अगाडी मात्रै गायिका नेहा भसिनले अनुमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्। अनु भारतको लियालिटी सो इन्डियन आइडल सिजन ११ का जज रहँदा उनले नेहालाई यौन हिंसा गरेको आरोप लागेको थियो।

अनुले भने, ‘पछिल्लो एक वर्षदेखि ममाथि केही यस्तो आरोप लागिरहेका छन् जुन मैले गरेकै छैन। तर म चुप बसेँ । वास्तविकताले आफैं मुख खोल्छ भनेर म प्रतिक्षा गरिरहेँ । तर मलाई महसुस भयो कि मेरो मौनतालाई मेरो कमजोरी ठानियो।’

अनुले आफूविरुद्ध आधारहिन आरोप लगाए अदालत जाने समेत बताएका छन्। ‘सोसल मिडियामा लड्नु एक अन्तहीन प्रक्रिया हो । यसमा कसैको पनि जीत हुँदैन । यदि यस्तै भइरहे मसँग आफूलाई बचाउनका लागि अदालतको ढोका ढक्ढकाउनुको विकल्प छैन’, उनले लेखेका छन्।

आरोपले उनको करियरलाई कलंकित बनाउनुका साथै परिवारलाई समेत असर गरेको बताए। ट्विटमा उनले उक्त आरोपको घटनाले आफ्नो करियर, परिवार र प्रतिष्ठामा समेत असर गरेको बताएका छन्।

‘यस बारेमा पहिले किन बोलिएन ? म टिभीमा आएपछि मात्र यो कुरा किन सतहमा आउँछ । जबकी यो मात्र मेरो रोजीरोटीको श्रोत हो।’ उनले लेखेका छन्।

गत वर्ष सोना महापात्रा, स्वेता पंडित तथा नेहा भासिनले यौन दुर्व्यवहारको आरोप लगाएपछि मलिकलाई भारतीय चर्चित सांगितिक कार्यक्रम इण्डियन आइडलको निर्णायकबाट समेत हटाइएको थियो।

 

प्रकाशित मिति: : 2019-11-15 13:19:27

प्रतिकृया दिनुहोस्