अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्छ: नेपाल

फाइल तस्बिर

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन्।

भक्तपुरमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यक रहेको बताएका हुन्।

नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यसका लागि बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताए।

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उनले अपिल गरे। सभामा नेकपा उम्मेदवार ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए।

प्रकाशित मिति: : 2019-11-15 11:29:51

प्रतिकृया दिनुहोस्