युरोकप छनोट: फ्रान्सकाे अर्काे जित

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० मा फ्रान्सले अर्काे जित निकालेको छ ।

बिहिबार राति भएको समूह एचको खेलमा यसअघिनै युरोकपमा छनोट भईसकेको फ्रान्सले माल्डोभालाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु टोली फ्रान्स खेलको नवौ मिनेटमा राटाको गोलमा पछाडी पर्यो ।

राफेल भारानेले ३५ औ मिनटमा फ्रान्सलाई बराबरीमा ल्याउन सफल भएका थिए । ७८ औ मिनेटमा ओलिभर जिराउडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई जित दिलाउन सफल रहे ।

समूह एचको खेलमा फ्रान्सले ९ खेलबाट २२ अंक जोड्यो । माल्डोभा ३ अंक सहित तालिकाको छैटौ स्थानमा रह्यो ।

प्रकाशित मिति: : 2019-11-15 07:19:03

प्रतिकृया दिनुहोस्