कप्तान केनकाे ह्याट्रिकसँगै ईङल्याण्ड युरोकपमा छनोट

तस्बिरः एजेन्सी

ईङल्याण्ड युरोकप २०२० मा छनोट भएको छ ।

बिहिबार राति भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै ईङल्याण्ड युरोकपका छनोट भएको हो ।

घरेलु मैदान वेम्वलीमा भएको खेलमा ईङल्याण्डका लागि कप्तान ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरे । यस्तै ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरे । ईङल्याण्डले एक आत्मघाती गोल उपहार पाएको थियो ।

चाम्बरलिनको गोलबाट ११ औ मिनेटमा ईङ्ल्याण्डले खेलमा अग्रता बनाएको थियो ।

१८ औ मिनेटमा केनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले २४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।

रासफोर्डले ३० औ मिनेटमा टोलीका लागि चौथो गोल गरे । ३७ औ मिनेटमा केनले ह्याट्रिक पुरा गरेका थिए ।

६६ औ मिनेटमा सोफ्रनाकले आत्मघाति गोल गरेपछि ईङल्याण्ड खेलमा ६–० ले अघि बढेको थियो । ८४ औ मिनेटमा अब्राहमले गोल गर्दै ईङल्याण्डलाई ७–० को जित दिलाउन सफल रहे ।

समूह एको खेलमा ईङल्याण्डले ७ खेलबाट १८ अंक जोड्यो । मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति: : 2019-11-15 07:08:35

प्रतिकृया दिनुहोस्