चितवनमा पेस्तोलसहित दुई पक्राउ

प्रहरीले चितवनबाट अत्याधुनीक पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराले पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्।

उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।

प्रकाशित मिति: : 2019-11-14 10:05:01

प्रतिकृया दिनुहोस्