पोखरामा स्कुटर नालीमा खस्दा १ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

डाँडागाउँबाट बागमारातर्फ जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडेलको च्यापिएर मृत्यु भएको प्रहरी प्रदेश कार्यालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार स्कुटरले च्यापिएको अवस्थामा भेटिएका पौडेललाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-13 23:10:32

प्रतिकृया दिनुहोस्