‘एल क्लासिको’को मिति तय, खेल बार्सिलोनाको घरेलु मैदानमा हुने

तस्बिरः एजेन्सी

स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको पहिलो ‘एल क्लासिको’ आगामी १८ डिसेम्बरमा गराउने भएको छ।

यसअघि रियल मड्रिड र बार्सिलोनाको उक्त खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको थियो।

तर क्याटलोनियामा आन्दोलनकारी र सुरक्षाकर्मीबीच बेलाबेलामा झडप भइरहने भन्दै सुरक्षको नभएको कारण महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो। तर, दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए।

स्थगित खेललाई पुन खेलाउन महासंघले गरेको बैठकमा मड्रिड र बार्सिलोना दुबैले १८ डिसेम्बरमा खेल्ने प्रस्ताव गरेपछि ला लिगाको प्रतियोगिता स्वीकार गरेको छ ।

खेल डिसेम्बर १८ को साँझ ८ बजे एल क्लासिको हुने। यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

क्लासिकोको मिति तय भएसँथै सोहि मिति (डिसेम्बर १८ ) मा हुने कोपा डेल रे र क्लब विश्व कपका खेल शंकामा घेरामा परेका छन्। टिभिका कारण अन्य खेल शंकामा परेको हो । तर, ती सबै विवादको अन्य गर्दै ला लिगाले एल क्लासिकोको मिति गरेको हो ।

प्रकाशित मिति: : 2019-11-13 22:21:22

प्रतिकृया दिनुहोस्