नेपालगञ्जबाट अवैध कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

प्रतिकात्मक तस्बिर

नेपालगञ्जबाट अवैध कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्। यात्रुवाहक अटोमा पेस्तोल राखेर हिँडिरहेका अवस्थामा बाँके प्रहरीले मेराज अलि सैयदलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

बाँकेको डुडुवा गाउँपालिका–४ उचेमसाहका सैयदलाई प्रहरीले बुधबार बिहान १० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ गणेशपुर चोकबाट नियन्त्रणमा लिएको हो।

सैयदले चलाउँदै आएको भे१स ८३२६ नंको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइराखेको अवस्थामा सो पेस्तोल बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-13 21:26:28

प्रतिकृया दिनुहोस्