भारत'ए'सँग नेपाल बिशाल 'स्काेर'ले पराजित

फाइल तस्बिर

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा भारतको 'ए' टिमसँग १ सय ७ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। भारत 'ए'ले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो।

नेपालका लागि विशाल बिक्रम केसीले ७१ रनको अर्धशतकीय इनिङ्स खेले। यता शेर मल्लले २१ रन बनाए।

यस्तै आकाश चन्द १९ रनमा अविजित रहे । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

भारतका लागि नितेश कुमार रेड्डी र समीर हसिनले समान २/२ विकेट लिए।

यस अघि हैदरवादको राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारत 'ए' ले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो।

भारतका लागि धुर्ब चन्द जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै साई भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३ र नितेश कुमार रेड्डीले ३० रन बनाए।

नेपालका शेर मल्लले ३ विकेट लिए । यस्तै आकाश चन्दले २ विकेट लिए।

यस अघि पहिलो खेलमा नेपालले भारतको 'सी' टिमसँग १० विकेटको हार व्यहोरेको थियो।

अब नेपालले भारतको 'बी' टिमसँग शुक्रबार खेल्नेछ।

 

प्रकाशित मिति: : 2019-11-13 16:51:32

प्रतिकृया दिनुहोस्