स्कूलको गेटमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ

प्रतिकात्मक तस्बिर

बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–१८ स्थिति पब्लिक स्कूलको गेटमा गत भदौ २० गते भएको विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा दुहबी नगरपालिका-८ का ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय क्षितिज भनिने सुरेशकुमार राई र सोही ठाउँ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका-२ का ३५ वर्षीय सागर राई रहेका छन्।

थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-11-13 15:55:58

प्रतिकृया दिनुहोस्