मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ चलचित्रमा बलिउड नायिका परिणिती चोपडाले काम नगर्ने भएकी छिन्। नायक अजय देवगणले बनाउन लागेका यो चलचित्रमा परिणिती पक्का थिइन्। तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन्।
परिणितीले ‘दि गर्ल अन दि ट्रेन’को रिमेक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको लागि पनि परिणिति पक्का भैसकेकी थिइन्। यो चलचित्रसँग अजयको चलचित्रको छायांकन समय जुध्ने भएपछि परणितीले चलचित्रबाट हात झिकेकी हुन्।
अजयको चलचित्र भाजुमा परिणितीको भूमिका निकै दमदार भएको निर्माणपक्षले बताइरहेको छ । चलचित्रमा संजय दत्त, अजय देवगण, सोनाक्षी सिंहा लगायतका कलाकारले अभिनय गर्दैछन्।