सार्वजनिक स्थलमा बेइज्जत गरेको आरोपमा एकजना पक्राउ

फाइल तस्बिर

सार्वजनिक स्थलमा बेइज्जत गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारी रहेका छन्।

नेपाल टेलीकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पर्सा प्रहरीले पक्राउ गरेको हो।

गत आश्विन २६ गते सार्वनीक स्थल घन्टाघरमा नगर प्रमुखलाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

उनले गरेको गाली बेइज्जती रंजीत चौरसिया जोर्नलिष्ट फेसबुक प्रोफाइलबाट डाउनलोड गरि नगर प्रमुखलाई निराधार बदनाम गराउनुको साथै गाली बेइजती समेत गरेको प्रहरीले आरोप लगाएको छ । उनीविरुद्ध आवश्यक कार्यवाहि अगाडि बढाइएको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: : 2019-11-12 17:17:47

प्रतिकृया दिनुहोस्