ईङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने भएका छन्।
ईङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसंग स्टर्लिङले गरेको ब्यवहारलाई लिएर उनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो। ईङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्व खेल्दैछ।
ईङ्ल्याण्डको सिनियर फुटलब टिमले बिहिबार एक हजारौ अन्तराष्ट्रिय खेल खेल्दैछ।
बिहिबार हुने खेलमा जित हासिल गरेमा ईङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ।
युरो छनोट अन्तर्गत समूह एमा ईङ्ल्याण्ड शीर्ष स्थानमा छ। उसले दोस्रा स्थानको चेक रिपब्लिकसंग तीन अंकको अग्रता लिएको छ।
ईङ्ल्याण्डलाई एक अंक समेत छनोटका लागि पर्याप्त हुनेछ।
ईङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ।