प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बंगलादेशको ढाकामा सोमबार भएको नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणमा अब माल्दिभ्स र बंगलादेशसँग खेल्न बाँकी रहेको छ ।