बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी

गएको बैशाखमा तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिए।

जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री भन्छन्, "परिवारको इज्जत र सम्मानको लागि छोरीज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिए।"

जाजरकोटमा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न गाउँबस्तीमा विवाह गरेर बिदाइ गर्ने बेला बेहुलाबेहुलीलाई नोटको माला लगाउने चलन बढ्दै गएको छ।

कतिपयले भने देखाउनको लागि ऋण सापट गरेर धेरै पैसाको माला लगाइदिने प्रतिस्पर्धाले समाजमा विकृति निम्त्याएको बताउने गर्छन्।

प्रकाशित मिति: : 2019-11-11 16:05:21

प्रतिकृया दिनुहोस्