वीरगञ्जबाट लागूऔषधसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्बिर

पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–५ का ३८ वर्षीय ईन्द्रबहादुर तामाङ, सोही नगरपालिका–१० का २६ वर्षीय पदम तामाङ र सोही ठाउँका २२ वर्षीय रोशन तामाङ रहेका छन् ।

 बिशेष सूचनाको आधारमा उनिहरुलाई आइतबार वीरगञ्ज महानगरपालिका-१३ स्थित परवानीपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्लास्टिक र टेपले बेरिएको अवस्थामा १० पोका लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु र बा ५३ प ४०४७ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-11 15:14:52

प्रतिकृया दिनुहोस्