प्रहरीले अचम्म तरिकाले जुवा खेल्न प्रयोग हुने ताससहितको सामाग्री बरामद गरेको छ।
लामो समयको सुचनापछि अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले आइतवार सेन्सर जडित तास बरामद गरेको हो। प्रहरीले बरामद गरेको तास खेल्ने व्यक्तिले कसले जित्ने र कोसित के पर्यो भन्ने प्रष्ट देखिन्छ।
'हामीलाई नै अचम्म पारेको छ। सबै सेन्सर जडित छ। कोठामा बसेर कसलाई के तास परेको छ भन्ने प्रष्टै छुटिने रहेछ।' वृत कालिमाटीका प्रमुख डिएसपी रुगम कुँवुरले भने।
स्वचटारमा कोठा भाडामा लिएर तास लगायतका अन्य सामाग्री स्टोर गरि विक्रि वितरण गर्ने निरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ। उनको कोठामा प्रहरीले सेन्सर जडित व्याग, एयरफोन लगायत अन्य सामाग्री समेत बरामद गरेको डिएसपी कुँवरले जानकारी दिए।
व्यापारी कार्कीले एक सेट तासको एक लाख रुपैयाँसम्म विक्री गर्ने गरेको देखियो। एक सेट तासमा एउटा मोबाइल, एयरफोन समेत रहेको हुन्छ। जसको माध्यमबाट कसलाई के तास पर्योर सहजै जानकारी हुने डिएसपी कुँवरले बताए।'एउटा तासको पाँच सय र सबै सेटको एक लाख रुपैयाँमा विक्री गरेको देखियो।' डिएसपी कुँवरले भने।
प्रहरीले कोठाबाट कपडा, अन्य सामाग्रीमा समेत सेन्सर जडान गर्नुको रहस्य भएकाले अनुसन्धान भइरहेको जानकारी दिएको छ।