विमानस्थलको सरसफाइमा ध्यान दिन मन्त्रीको निर्देशन

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।

सोमबार बिहानै विमानस्थलको अनुगमनमा गएका मन्त्री भट्टराई मन्त्री भट्टराईले सरसरफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।

उनले विमानस्थलको सेवा छिटो र स्मार्ट बनाउन आग्रह गर्दै यात्रुहरुको लगेज औषतमा ४५ मिनेटमा पाइसक्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । त्यहाँको सुरक्षामा पनि ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिए।

‘अहिले पनि २०/२५ मिनेटपछि एक घन्टासम्ममा यात्रुहरुले लगेज पाइरहेका छन्’, एक अधिकारीले भने, ‘उहाँले औषतमा ४५ मिनेटभित्र यात्रु आफ्नो लगेज लिएर विमानस्थलबाट बाहिर निस्कन सक्नुपर्छ भन्नु भएको छ ।’

प्रकाशित मिति: : 2019-11-11 11:39:20

प्रतिकृया दिनुहोस्