लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीलाई हराएको छ ।
आइतबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सहज जित दिलाउन लिभरपुलका लागि फाबिन्हो,मोहमद सलाहा र साडियो मानेले समान एक एक गोल गरे । यता सिटीको लागि भने भए मात्रै गोल बेर्नाल्डो सिल्भाले गरे ।
फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् ।
सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।
मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए ।
बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।
जितसंगै लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।