राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताएका छन्।
सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उनले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । अध्यक्ष राणाले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताए।
रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उनले कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले गरेको हस्तक्षेपबारे वर्तमान दुई तिहाइको सरकारको अग्नि परीक्षा शुरु भएको बताए।