मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नंबर ११ रातोमाटेमा ट्यांकरले बस र सुमोलाई ठक्कर दिदाँ ११ जना घाइते भएका छन् ।
आइतबार अमलेखगञ्जबाट इन्धन बोकेर हेटौंडातर्फ आइरहेको लु १ ख ६५८२ नंबरको टयांकरले ना ४ ख ४३५१ को बस र ना १ ज ६२४४ नंबरको सुमोलाई ठक्कर दिएर पल्टिदाँ ११ जना घाइते भएका हुन्।
दुर्घटनामा घाइते हुनेहरुमा ट्यांकर चालक सल्यानको शारदा नगरपालिका वडा नंबर २ का २७ बर्षीय खगेन्द्र डांगी, ट्यांकरमा सवार बाराको जितपुर सिमारा उपमहारपालिका वडा नंबर १ का भावना थापा, ज्योति घिसिङ, हेरुनदेवी मगर, शिला स्यांतान, पवित्रा बम्जन, रुदेल थापा,सुशिला स्यांतान, विमला स्यांबो, थिकेश भोम्जन, पियासु भोम्जन रहेका छन्।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।