प्रिमियर लिग: लेस्टरसँग आर्सनल पराजित

Photo Credit : AFP/GETTY IMAGES

प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले आर्सनललाई हराएको छ ।

शनिबार राति घरेलु मैदानमा लेस्टरले आर्सनललाई २–० ले हराएको हो ।

लेस्टरको जितमा जेमी भार्डी र मेडिसनले समान एक एक गोल गरे ।

पहिलो हाफ बराबर खेलेको लेस्टरले दुबै गोल दोस्रो हाफमा गर्यो । खेलको ६८ औं मिनेटमा भार्डीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा गेम्स मेडिसनले लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए ।

जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थान उक्लिएको छ । उसले १२ खेलबाट २६ अंक जोडेको छ ।

शीर्ष स्थानको लिभरपुल भन्दा लेस्टर ५ अंकले पछाडी छ । आर्सनल १७ अंक सहित छैटौ स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-10 07:28:32

प्रतिकृया दिनुहोस्