स्पेनिस लिग: मड्रिडले ईबरलाई हरायो,बार्सिलोनासँग अंक बराबरी

तस्बिरः एजेन्सी

रियल मड्रिडले स्पेनिस लिगमा ईबरलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले ईबरलाई ४–० ले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यता सर्जियो रामोस र भाल्भर्डेले एक एक गोल गरे ।

बेन्जिमाले १७ औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।सर्जियो रामोसले २० औ मिनेटमा पेनाल्टीमार्फत रियलको अग्रता दोब्बर बनाए ।

बेन्जिमाले २९ औ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

६१ औ मिनेटमा फेडरिको भाल्भर्डेले गोल गर्दै रियललाई ४–० ले अघि बढाएका थिए ।

रियलले जितपछि शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ ।

तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । ईबर १५ अंक सहित तालिकाको १५ औ स्थानमा रह्यो ।

प्रकाशित मिति: : 2019-11-10 07:22:39

प्रतिकृया दिनुहोस्