‘फास्ट ट्र्याक’बाट हिँड्दै प्रधानमन्त्री

तस्बिरः नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् । 

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए । यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् । 

प्रकाशित मिति: : 2019-11-10 07:14:26

प्रतिकृया दिनुहोस्