'खोला तर्‍यो लौरो बिर्सियो, टुँडिखेल र खुलामञ्च ठ्याक्कै त्यस्तै भयो’

काठमाडौंका रैथाने गायक योगेश्वर अमात्य शनिबार बिहानै राजधानीको टुँडिखेल पुगे। अतिक्रमित टुँडिखेललाई खुला सार्वजनिक स्थान बनाउन सुरू भएको अभियानमा योगेश्वरको तगडा साथ छ। छातीमा 'टुँडिखेल विक्रीका लागि हैन' भन्ने नारा टाँसेका योगेश्वर खुलामञ्च अतिक्रमणको साक्षी हुन्।

उनको टुँडिखेलको संस्मरण पनि गज्जब छ। योगेश्वरले तीन कक्षासम्म राजधानीको सेन्ट जेभियर स्कुल पढे। उनलाई स्कुल जान मन पर्दैन थियो। उनी स्कुल छल्ने बहाना खोजिरहन्थे।

'ज्वरो आयो भने त बिहानै पढ्न जान पर्दैन भनेर एकदिन काखीमा प्याज राखेर सुतेँ। तर भोलिपल्ट ज्वरो आएन', योगेश्वरले भने, 'सिनियर साथीहरूले प्याज काखीमा राखेर तीन पटक टुँडिखेल घुम्यो भने ज्वरो आउँछ भने। बिहान ६ बजे आएर तीन पटक घुमेँ तर ज्वरो आएन।’

योगेश्वर त्यतिबेला सफा र हरियालीयुक्त टुँडिखेल भएकै कारण आफूलाई ज्वरो नआएको सम्झन्छन्। 

प्रकाशित मिति: : 2019-11-09 20:43:20

प्रतिकृया दिनुहोस्