नेपाली झन्डाका डिजाइनर रिमाल भन्छन्– कालापानी मुद्धा युएनमा लैजानु पर्छ(भिडियाेसहित)

बिएल

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेको विषयमा चौतर्फी विरोध भइरहेका बेला राष्ट्रिय झन्डाको डिजाइन गरेका शंकरनाथ रिमालले राष्ट्रिय अस्मितासँग जोडिएको मुद्धालाई अन्तर्राष्ट्रिय करण गर्नुपर्ने बताएका छन्।

उनले संयुक्त राष्ट्र संघमा यो मुद्धालाई लैजानु पर्ने बताएका हुन्। उनले नेताहरूले यस कुराको स्थायी समाधान दिनुपर्ने बताए। ‘म यसको सम्पूर्ण जानकार होइन। तर, विवादलाई संयुक्त राष्ट्र संघसम्म पुर्याउनु पर्छ। हाम्रा नेताले अब के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर (स्थायी समाधान निकाल्नु पर्यो।)’, उनले भने।

नेपाल र भारत दुबै बसेर समाधान निकाल्नु पर्नेमा उनले जोड दिए। भारतीय पक्षले मनखुसी गर्न थालेभने नेपाललाई मन पर्ने कुरा हुन नसक्ने बताउँदै उनले भने, ‘दुबै पक्ष बसेर समाधान निकाल्नु पर्यो नि।’

उनले छिमेकीसँग घडेरीको विषयमा सामान्य विवाद हुँदा दुबै पक्षसँगै बसेर समाधान निकाल्ने चलन भएको बताउँछन्। उनले यसका लागि नेपाली नेताहरूले बसेर कुरा गर्नुपर्ने बताउँछन्।

प्रकाशित मिति: : 2019-11-09 14:01:24

प्रतिकृया दिनुहोस्