भारतले जमुनाह नाका बन्द गर्‍यो

फाइल तस्बिर

भारतले नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएका छन्।

भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद विवाद छ ।  शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ ।  

बिहान ६ बजेदेखि नाका बन्द गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ। अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको र फैसला कतिबेला आउने र नाका कति बेला खुल्छ भन्नेबारे यकीन नभएको प्रहरीको भनाइ छ ।

नाका बन्द हुँदा नेपालबाट सीमावर्ती बजार रुपैडिया हिडेका सर्वराधारण, नेपालमा चाडपर्व मानेर भारत काममा फर्किएकाहरु लगायत ठूलो संख्यामा भारत हिडेका यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति: : 2019-11-09 10:32:22

प्रतिकृया दिनुहोस्