प्रदेश २ मा आज सार्वजनिक बिदा

फाइल तस्बिर

प्रदेश २ मा कात्तिक २४ गते आइतबार (आज) सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

“जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2019-11-09 08:02:49

प्रतिकृया दिनुहोस्