प्रियिमर लिगमा वाटफोर्डको पहिलो जित

तस्बिरः एजेन्सी

प्रियिमर लिग फुटबलमा वाटफोर्डले पहिलो जित निकालेको छ।

शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित हात पारेको हो। वाटफोर्डको जितमा जेरार्ड देउलोफ्यु र आन्द्रे ग्रेलेले समान एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै देउलोफ्युले गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए । उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो ।

वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै तालिकाको पुछारदेखि तेस्रो स्थानमा उक्लियो । उसले ११ खेलबाट ८ अंक जोड्यो ।

नर्विच ७ अंक सहित तालिकाको पुछारमा रह्यो ।

प्रकाशित मिति: : 2019-11-09 07:23:44

प्रतिकृया दिनुहोस्