भारतीय बजार रुपैडियाबाट एक नेपाली महिला पक्राउ

प्रतिकात्मक तस्बिर

बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।

एसएसबी ४२ औँ बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६०० नेपाली रुपैयाँ, मोबाइल र नेपाली नागरिकता बरामद भएको एसएसबीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-08 21:25:43

प्रतिकृया दिनुहोस्