ठगी मुद्दामा तत्कालीन एमालेका उम्मेदवार जेल चलान

फाइल तस्बिर

तत्कालीन नेकपा एमोलेबाट धनुषाको क्षेत्र ३ ‘क’बाट प्रदेश सांसदको उम्मेदवार दीपेन्द्र यादव ठगी मुद्दामा जेल चलान भएका छन्।

सहयोगी विकास बैंक जनकपुरका सञ्चालक समितिका सदस्यसमेत रहेका यादवलाई जिल्ला अदालत धनुषाले जालसाजी तथा ठगी मुद्दामा पुर्पक्षका लागि शुक्रबार जेल चलान गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–१० का लालबाबु रौनियारले आफ्नो जग्गा यादवको नाममा रजिस्ट्रेशन पास गरी ऋण लिएका थिए।

तर यादवले उक्त जग्गा बेचेपछि पीडित रौनियारले अदालतमा मुद्दा दायर गरेका थिए।

 

प्रकाशित मिति: : 2019-11-08 16:08:15

प्रतिकृया दिनुहोस्