२०२० मा ४ फिल्म लिएर आउँदै अक्षय

तस्बिरः एजेन्सी

सन् २०१९ मा मात्रै अक्षय कुमारका तीन वटा फिल्महरु प्रदर्शन भए । केसरी, मिशन मंगल तथा हाउसफुल–४ ।

यसबाहेक उनी करण जौहरको फिल्म गुड न्यूजमा पनि देखिंदैछन् । उक्त फिल्म २७ डिसेम्बर २०१९ मा प्रदर्शन हुँदैछ । बलिउड हंगामाले जनाए अनुसारै उनि वर्ष २०२० मा सूर्यवंशी, बच्चन पाण्डे, पृथ्वीराज तथा लक्ष्मी बममार्फत दर्शकमाझ आउने छन् ।

यसैबीच अक्षयले अर्को एउटा फिल्म साइन गरेका छन् । उक्त फिल्म एक्शनप्रधान हुने बताइएके छ । वासु भगनानाी तथा फिल्म एयरलिफ्टका निर्देशक निखिल आडवाणीसंगै फिल्ममा काम गर्दैछन् ।

यो फिल्म वास्तविक जीवनमा आधारित हुने बताइन्छ । उक्त फिल्ममा अभिनय गर्नका लागि अक्षयले पनि स्विकृती जनाइसकेका छन् । चलचित्रको अधिकांश छायांकन लण्डनमा गरिने छ ।

प्रकाशित मिति: : 2019-11-08 15:01:48

प्रतिकृया दिनुहोस्