विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज पक्राउ

प्रतिकात्मक तस्बिर

प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन्।

केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको जानकारी दिए।

उनीबारे थप अनुसन्धानपछि कारबाही प्रक्रियाबारे टुंगो लाग्ने भक्तपुर प्रहरी प्रमुख प्रधानले बताए।

पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य हुन्। उनलाई भक्तपुर र ललितपुर इञ्चार्जको जिम्मेवारीसमेत दिइएको थियो।

प्रकाशित मिति: : 2019-11-08 11:26:58

प्रतिकृया दिनुहोस्