झमक घिमिरेको जीवनमा रोजिताको इन्ट्री

काठमाडौं : मदन पुरस्कार विजेता कृतिकी लेखिका झमक घिमिरेको जीवनीमा आधारित चलचित्र 'जीवन काँडा कि फूल' शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ। झमक घिमिरेका रूपमा यस चलचित्रमा भूमिका निर्वाह गरेकी छिन् रोजिता बुद्धाचार्यले। तीन वर्ष अघि निर्माण भएको फिल्म प्रदर्शनको क्रममा छ। यो कुराले रोजिता न उत्साहित छन् न त उनको मनमा डर नै छ। भन्छिन्, ‘समयसँगै आफूमा आएको परिपक्‍वता र झमक दिदीको संगतले जीवनमा हरेक विषययमा 'कुल' हुन सिकाएको छ।‘ नाटकमा अभिनय गर्दा गर्दै उनी यो चलचित्रमा आबद्ध भएकी हुन्। नाटकमा काम गर्ने क्रममा एकदिन उनलाई नाट्यकर्मी विमल सुवेदीमार्फत् 'जीवन काँडाकी फूल'मा अभिनय गर्न अफर आएको थियो। जीवनमा झमक घिमिरेलाई उनले पुस्तकमा मात्र पढेकी थिइन्। तर उनकै जीवनीमा आधारित फिल्म खेल्नुपर्छ भन्‍ने सोचेकी थिइनन्।  आकस्मिकताको जोड घटाउ जीवनको यात्रामा लागेकी रोजिता भन्छिन्, ‘सुरूमा मलाई यस चलचित्रको 'अफर' आउँदा सक्छु भन्‍ने आँट आएको थिएन तर मेरो क्षमता विमल दाइले चिनिदिनु भयो।‘ उनलाई लाग्थ्यो, जीवित मान्छेको जीवनीमा आधारित भएर अभिनय गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। कहिलेकाहीँ नसोचेको कुराले जिन्दगीमा 'युटर्न' मार्छ।

प्रकाशित मिति: : 2019-11-07 18:29:18

प्रतिकृया दिनुहोस्