कार्तिकको गुनासो: सारा र म अहिलेसम्म कुनै पनि म्यागजिनको कभरमा छापिएका छैनौँ

तस्बिरः एजेन्सी

बलिउड मिडियाले अभिनेता कार्तिक आर्यन र कार्तिक नायिका सारा अलि खानको ‘ब्रेकअप’को विषयलाई लिएर समाचार लेखिरहेका छन् । चलचित्र ‘लभ आजकाल–२’मा काम गर्दा उनीहरु नजिकिएका थिए । तर, उनीहरुले औपचारिक रुपमा प्रेम स्वीकारेका थिएनन् ।

फेरि यस चलचित्रको छायांकन सकिएसँगै उनीहरुको ब्रेकअपको समाचार आइरहेको छ । यस्तैमा एक कार्यक्रममा कार्तिकलाई सारासँगको ब्रेकअपको विषयमा प्रश्न गरियो । तर, उनले ब्रेकअपको विषयमा बोल्न चाहेनन् ।

उनले भने, ‘जब म आर्यनसँग डिनर जान्थे धेरैले यस विषयमा प्रश्न गर्नुहुन्थ्यो । जब आर्यनसँग डिनर जान छोडे, तब पनि प्रश्न आयो । अहिले पनि त्यस्तै भइरहेको छ । तर, मैले ‘पति, पत्नि और वो’मा सुपरस्टार अभिताभ बच्चनसँग काम गरेको छु । त्यो विषयमा प्रश्न गर्ने कोही छैन् ।’

पत्रकारले अर्काे प्रश्न गरे, ‘तपाईहरु डेट गरेको कुरा सत्य हो ?’ उत्तरमा कार्तिकले भने, ‘अहिलेसम्म कुनै पनि म्यागजिनको कभरमा हामी छापिएका छैनौँ । त्यसको केही प्रमाण पनि छैन् । बाकीँ आफैँ बुझ्नुस् ।’

प्रकाशित मिति: : 2019-11-07 08:30:12

प्रतिकृया दिनुहोस्