सनको दुई गोलमा टोटेनहमको फराकिलो जित

तस्बिरः एजेन्सी

लन्डन क्लब टोटेनहमले च्याम्पियन्स लिगमा फराकिलो जित हात पारेको छ ।

टोटेनहमले बुधबार राति भएको खेलमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० ले पराजित गरेको हो ।

टोटेनहमको जितमा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको दुई तथा जियोभानी लो सेल्सो र क्रिस्टियन इरिक्सनले समान १–१ गोल गरे ।

खेलको ४३ औं मिनेटमा नै टोटेनहमका लागि सेल्सोले अग्रता दिलाएका थिए । उनकै गोलबाट पहिलो हाफ १–० को अग्रता बनाएको टोटेनहमले दोस्रो हाफ थप दुई गोल गर्यो ।

खेलको ५७ र ६१ औं मिनेटमा सनले गोल गर्दै अग्रता ३–० बनाए । यस्तै ८५ औं मिनेटमा इरिक्सनले गोल गर्दा टोटेनहमले स्पष्ट ३ अकं हात पार्यो ।

जितसँगै टोटेनहमले ४ खेलबाट २ जित, १ बराबरी र एक हारसँगै ७ अकं बनाएको छ ।टोटेनहम अकं तालिकाको दोस्रो स्थानमा छ l

यता पराजित बेलग्रेडको भने ४ खेलमा ३ हार र एक बराबरीसँगै ३ अकं रहेको । ऊ अकं तालिकाकाृ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-07 07:57:36

प्रतिकृया दिनुहोस्