च्याम्पियन्स लिगः आयाक्ससँग चेल्सी बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिगमा चेल्सी बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा आयाक्ससँग चेल्सी ४-४ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीका लागि जोर्जिन्होले दुई तथा दसेसार अज्पिलीक्वेटा र रीस जेम्सलेएक एक गोल गरेका थिए । त्यस्तै अयाक्सका लागि क्वेंसी प्रोमेस र डोनी भान डि बीकले एक एक गोल गरे भने चेल्सीका टामी इब्राहिम र केपा आरिजबलागाले एक एक गोल आत्मघाती गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै चेल्सीका इब्राहिमले आत्मघाति गोल गर्दा अयाक्सल अग्रता लिएको थियो तर खेलको चौथो मिनेटमा नै जोर्जिन्होले पेनाल्टीबाट चेल्सी बराबरीमा फर्काए ।

खेलको २० औं मिनेटमा अयाक्सले अग्रता २–१ बनायो उसका लागि प्रोमेसले गोल गरे । त्यस्तो खेलको ३५ औं मिनेटमा चेल्सीका आरिजबलागाले पुनः आत्मघाति गोल गरे । पहिलो हाफ ३–१ ले पछाडी परेको रोमान्चक खेलको ५५ औं मिनेटमा आयाक्सले खेल ४–१ मा पुर्यायो । उसका लागि बीकले गोल गरे ।

खेलको ६३ औं मिनेटमा चेल्सीका अज्पिलीक्वेटा गोल गर्दै ४–२ मा खेल ल्याए । ६८ र ६९औं मिनेटमा अयाक्सका डाली ब्लाइन्ड र जोएल भेल्टम्यानले रातो कार्ड पाएर मैदान छोड्दा अयाक्स ९ खेलाडीमा सिमित भएको थियो ।

७१ औं मिनेटमा जोर्जिन्होले पेनाल्टीबाट नै दोस्रो गोल गरेगर्दा खेल ४–३ मा पुग्यो । यता जेम्सले ७४ औंमिनेटमा गोल गर्दा खेल ४–४ मा सकियो । एक एक गोल गरेका थिए


यो बराबरीपछि चेल्सी ४ खेलमा ७ अंकसहित समुह एचमा शिर्ष स्थानमा छ भने अयाक्स ७ अंकसहित नै दोस्रो र भलेन्सिया पनि ७ अंकसहितनै तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-11-06 06:58:02

प्रतिकृया दिनुहोस्