बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट एक माहुतेको ज्यान गएको छ ।
मंगलबार दिउसो निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माहुतेमध्ये मंग्रु थारुलाई निकुञ्जभित्रको गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।
हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माहुते थारुलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको उनले जानकारी दिए ।