नयाँ प्रदेश प्रमुख : चुनाव हारेकादेखि द्वन्द्वपीडितसम्म

काठमाडौं– सातैवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन्।

प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। ७ प्रदेशका लागि पूर्व एमाले र माओवादी केन्द्रले क्रमशः ४ र ३ नाम भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।

राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।

प्रकाशित मिति: : 2019-11-05 07:49:41

प्रतिकृया दिनुहोस्