महरामाथि लागेको जबर्जस्ती करणी मुद्दाको थुनछेक बहस सकियो,पीडित महिला पनि अदालतमा उपस्थित

फाइल तस्बिर:बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी मुद्दाको थुनछेक बहस सकिएको छ ।

अब पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले अहिले फैसला तयार पार्दैछ ।

सोमबार वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा र सबिता भण्डारी बरालले बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका छन् ।

थुनछेक बहस सकिनै लाग्दा पीडित रोशनी शाही अदालतमा उपस्थित भएकी थिइन्। बन्द इजलाशमा पुगेकी रोशनी कुनै प्रतिक्रिया नदिइकन फर्किइन् । अदालतको बहस सुन्न अदालत गएकी शाही बहस सकिएपछि केही बेरमै फर्किसकेकी हुन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

 

प्रकाशित मिति: : 2019-11-04 16:15:56

प्रतिकृया दिनुहोस्