नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई नेपालले पाँच विकेटले पराजित गरेको छ ।
२०२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३७.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडे ।
यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो ।
एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।
नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४/४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १/१ विकेट लिए ।