महरालाई आज अदालतमा उपस्थित गराइँदै

फाइल तस्बिर:बिएल

पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो।

पहिलोपटक अनुसन्धान गर्न अदालतले हिरासतमा परेको दिनदेखि लागू हुनेगरि १३ दिनको म्याद दिएको थियो।

दोस्रो पटक भने पाँच दिन म्याद थप गरिएको थियो। त्यस्तै तेस्रो पटक भने सात दिनको म्याद थपिएको थियो ।

प्रकाशित मिति: : 2019-10-31 10:24:21

प्रतिकृया दिनुहोस्