नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० मनाउनका लागि यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १२ गते कार्यक्रमलाई विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको वसन्तपुरमा मञ्च व्यवस्थापन गरेको छ । काठमाडौँ उपत्यकाका नेवारी समुदायका विभिन्न गुठी तथा सांस्कृतिक सङ्गठनलाई निमन्त्रणा पठाइएको छ । स्थानीय ठैटीमा नाट्येश्वरको पूजा सम्पन्न गरी भोलि बिहान ७ बजे वसन्तपुरमा भेला भई सांस्कृतिक ¥यालीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा ¥याली, खेलकूद कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ वर्षलाई विदेशमा प्रवद्र्धन गर्न गैरआवासीय नेपालीका प्रतिनिधिमार्फत सन्देश प्रवाह गरिएको छ भने सर्वसाधरणलाई हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन समितिले अनुरोध गरेको छ । मङ्गलबार विभिन्न टोलटोलबाट निकालिने सम्बन्धित वेशभूषाका झाँकीसहित सांस्कृतिक पहिचान झल्कने ¥याली नगर परिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समायोजित हुनेछ ।
उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । उनले चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यावहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गर्दै नेपाल संवत्ले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।