काठमाडौंको गुर्जुधारामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।
कलंकीबाट थानकोटका लागि छुटेको बा ५ ख ५० २५ नम्बरको ट्रक बिजुलीको पोलमा ठोक्किँदा चालक मकवानपुरका २५ वर्षका अंकित तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
तामाङको उपचारका क्रममा ओम समाज अस्पतालमा ज्यान गएको हो ।
घाइते सहचालकको उपचार भैरहेको प्रहरीले जनाएको छ ।