प्रचण्ड र मबीच कुनै पनि प्रकारको दूरीको अवस्था छैन: प्रधानमन्त्री ओली (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताए। पत्रकारहरुल सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’

त्यस्तै सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।

‘उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन । यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला,’ ओलीले भने, ‘हामीबीच कुनै पनि प्रकारको दूरीको अवस्था पनि छैन, र सम्भावना पनि छैन ।’

यसअघि शुक्रबार मोरङमा भएको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-27 12:57:21

प्रतिकृया दिनुहोस्