काठमाडोैंमा अमेरिकी नागरिकका लागि टाउन हल मिटिङ : राजदूतले पठाए चुल्हेनिम्तो

सबै आउनु होला है..., यही हो चुल्हेनिम्तो : राजदूत बेरी । एक प्रतिकात्मक तस्बिर ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी सधैंभरि केही न केही गरिरहेकै हुन्छन् । उनको व्यस्तता हेर्दा लाग्छ, नेपालका लागि अमेरिकी राजदूत हुनु सजिलो काम हैन । 

यही केही गरिरहने क्रममा उनले यसपाली पहिलो पटक नेपाल भ्रमणमा आएका अमेरिकी नागरिकका लागि टाउनहल मिटिङ नै आयोजना गर्ने भएका छन् ।

काठमाडौं कमलादीस्थित कमलकुञ्जमा नोभेम्बर २७ को अपरान्ह ३ बजेदेखि ४ बजेसम्म आयोजना गर्न लागिएको टाउन हल मिटिङमा सहभागी हुनका लागि उनले नेपालमा रहेका अमेरिकी नागरिकलाई चुल्हेनिम्तो दिएका छन् ।

राजदूतावासका अनुसार टाउनहल मिटिङमा अमेरिकी नागरिकता लिएका नेपाली मूलका मानिस पनि सहभागी हुन सक्नेछन् । उनीहरूका साथ उनीहरूका अमेरिकी नागरिक नभइसकेका छोराछारी पनि आउन सक्ने व्यवस्था मिलाइएको छ ।

तर, मिटिङमा सहभागी हुन नोभेम्बर २२ सम्म दूतावासको इमेल ठेगाना consktm@state.gov मा नाम र पासपोर्ट नम्बर पठाउनुपर्नेछ । त्यसैको आधारमा उनीहरूलाई छुट्टै निम्तो पठाइने बताइएको छ ।

मिटिङमा स्वागत, अमेरिकी दृष्टिकोण प्रस्तुति र प्रश्नोत्तर सेसन राखिएको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-26 09:09:41

प्रतिकृया दिनुहोस्